‘राजासँग त नडराउने मान्छे म, मुख्यमन्त्रीसँग डराउँछु र ?’ – केशव स्थापित

कात्तिक २०, काठमाडौँ । प्रदेश सरकारको पूर्वाधार तथा विकास मन्त्रीपदबाट बर्खास्त गरिएका केशव स्थापितले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै स्थापितले डोरमणि पौडेललाई संविधान, कानुन विपरित अराजक ढंगले चलिरहेको आरोप लगाउँदै उनीविरुद्ध कडा आन्दोलन गर्ने चेतावनी दिएका हुन् । 

आफ्नो तर्क प्रस्तुत गर्दा मुख्यमन्त्री पोखरेलसँग क्याबिनेटमा विवाद भएको बताए । मुख्यमन्त्रीले २० करोड रुपैयाँको गरिबहरुलाई आवास बनाउने विषयमा पनि क्याबिनेटमा विवाद भएको बताए। उनले भने, ‘राजासँग त नडराउने मान्छे म, उहाँसँग डराउँछु ? कराएँ नि।’ 

null

स्थापितले मुख्यमन्त्री पौडेलले प्रदेश मन्त्रिपरिषदलाई जानकारी समेत नदिई प्रदेश नीति तथा योजना आयोग गठन गरेको भन्दै आक्रोश व्यक्त गरे । स्थापितले राजधानी तोक्ने विषयमा पनि विवाद रहेको बताए । 

साथै कार्यक्रममा स्थापितले मुख्यमन्त्री पौडेलमा महाराजाको अनुहार देखेको टिप्पणी गरे । स्थापितले आजसम्म आफू बर्खास्त भएको पत्र नपाएको बताए। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *