विषादी परीक्षणमा सचिवले डुबाए, माफी चाहन्छुः मन्त्री यादव

 

असार २३, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादवले पूर्वाधार भए नभएको नबुझी विषादी परीक्षण गर्ने निर्णय गरेको भन्दै माफी मागेका छन् । 

सोमबार संसदमा जवाफ दिएका मन्त्री यादवले आज नै मन्त्रालयमा पत्रकार सम्मेलन गरी सचिवहरुको लापरवाहीका कारण विषादी परीक्षणको निर्णय हतारमा भएको र यसबाट पछि हट्नु परेको भन्दै माफी मागेका हुन् । 

null

‘प्रधानमन्त्री कार्यालय, कृषि र आफ्नै मन्त्रालयका चार सचिवले मलाई डुबाए, निर्णय गर्ने बेला मलाई गुमराहमा राखे । पूर्वाधार नभइ निर्णय गर्नु मेरो गल्ती थियो । सबै जिम्मा म लिन्छु’ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘म जनतालाई विषादी खान दिने छैन । अहिलेलाई गल्ती भयो । माफी माग्छु ।’ 

मन्त्री यादवले प्रधानमन्त्री, अरु कसैको पत्र वा दबाबमा निर्णय फिर्ता नलिएको पनि स्पष्ट पारे । 

सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो । तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएपछि यो निर्णयबाट पछि हटेको थियो । भारतसामु झुकेर जनतालाई विष खुवाएको भन्दै अहिले यसको सर्वत्र विरोध हुँदै आएको छ । 

यद्यपी सरकारले भने कसैको दबाबमा नभइ पर्याप्त पूर्वाधार नभएका कारण विषादी परीक्षणको निर्णयबाट पछि हट्नु परेको स्पष्टिकरण दिँदै आएको छ ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *