युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा, दोस्रो हाफमा रोनाल्डो र डिबाला

एजेन्सी । सिरी ए लिग लिडर युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा बोलोग्नालाई २ – ० गोल अन्तरले पराजित गर्दै युभेन्ट्स क्वाटरफाइनलमा पुगेको हो । 

घरेलु टिम बोलोग्नाविरुद्ध पहिलो हाफमा युभेन्ट्सले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र पाउल डिबालालाई बेन्चमा राखेको थियो । तर फेड्रिको बेर्नाडेस्ची र मोइस कानले एक एक गोल गरेपछि युभेन्ट्सले सहज जित निकाल्यो । 

खेलको नवौं मिनेटमा बेर्नाडेस्चीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४९ औं मिनेटमा कानले गोल गर्दै युभेन्ट्सको जित पक्का गरे । 

null

खेलको दोस्रो हाफमा रोनाल्डो र डिबाला मैदान छिरेपनि  गोल गर्न सकेनन् । रोनाल्डो ६२ र डिबाला ७७ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । 

यस्तै एसी मिलान साम्पडोरियालाई अतिरिक्त समयमा २ – ० ले हराएर कोपा इटालियाको क्वाटरफाइनलमा पुगेको छ । लाजियोले नोभारालाई ४ – १ ले हराएर अन्तिम आठको यात्रा तय गर्यो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *