पशुपति शर्माको गीतमाथिको प्रतिबन्धप्रति यसरी बोल्यो विवेकशील साझा

फागुन ५, काठमाडौँ । लोकप्रिय गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, नेपालमै हो छुट’ गीतमा प्रतिबन्ध लगाइएको भन्दै विवेकशील साझा युवा संगठनले आपत्ति जनाएको छ । 

आइतबार एक विज्ञप्ति सार्वजनिक गर्दै संगठनले भ्रष्टाचारविरुद्ध बोल्ने गायकलाई आक्रोशपूर्ण शैलीमा धम्की दिनु अत्यन्तै निन्दनिय भएको बताएको छ । 

नेपालको संविधानको धारा १७ को उपधारा २ (क) को विचार र अभिव्यक्तिको हक, धारा १९ को उपधारा १ अन्तर्गतको सञ्चारको हकको प्रतिकुल तथा राष्ट्रिय कलाकारको अपमान भएको भन्दै संगठनको विज्ञप्तिमा भनिएको छ, ‘युवा जोस र सिर्जनात्मकतालाई सही ढंगले सदुपयोग गर्नुपर्नेमा देशमा व्याप्त भ्रष्टाचार, अनियमितता र बेथितिमाथि कटाक्ष गरिएको गीत गाउने गायकलाई आक्रोसपूर्ण शैलीमा धाक धम्की मिश्रित शब्दहरुको प्रयोग गरी सत्तारूढ कम्युनिस्ट पार्टी निकट देखिने युवा संघ नेपालले आफ्नो फेसबुक पेजमा सन्देश प्रेषित गर्नु अत्यन्तै निन्दनिय छ।’ 

null

पछिल्लो समयमा देशमा सुशासन कायम गर्ने राज्यका जिम्मेवार निकायका अधिकारीहरु नै भ्रष्टाचारमा लागेका समाचारहरु सार्वजनिक हुँदा पनि सरकारले त्यसका विरुद्ध स्पष्ट हस्तक्षेपकारी भूमिका नखेल्नु बिडम्बनापूर्ण भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *