बार्सिलोनाको अग्रता साँधुरिदै, विल्वायोसँग बराबरीमा रोकियो

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा बार्सिलोना एथ्लेटिको बिल्बाओसंग गोलरहित बराबरीमा रोकिएको हो । 

एथ्लेटिको बिल्बाओको मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल नसक्दा बार्सिलोनाले घरेलु टोलीसंग अंक बाडेको हो । बार्सिलोनाले केहि उत्कृष्ट गोलको अवसर खेर फालेको थियो  । बार्सिलोनाको पटक पटकको आक्रमणमा बिल्बाओका गोलकिपर र डिफेन्स बाधक बनेको थियो । 

यस्तै खेलको इन्जुरी समयमा ओस्कार डी मार्कोसले रातो कार्ड पाउँदा घरेलु टोली केहि मिनेट १० खेलाडीमा समेटिएको थियो । 

null

बिल्बाओसंगको बराबरीसंगै बार्सिलोना शीर्ष स्थानको अग्रता फराकिलो बनाउन चुकेको छ । तर, बार्सिलोना दोस्रो स्थानको रियल मड्रिड भन्दा ५ अंकले अघि रहेको छ । 

 

बार्सिलोनाको २३ खेलबाट ५१ अंक छ । रियलको समान खेलबाट ४५ अंक छ । २७ अंक जोडेर बिल्बाओ १३ औं स्थानमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *