कामना बैंकले मोबाईल टपअपमा गर्दा २५ प्रतिशत क्यासब्याक दिने

चैत्र, ६, काठमाडौं ।  कामना सेवा विकास बैंकले आफ्नो मोबाइल बैैकिङ्ग एपबाट टपअप गर्दा २५ प्रतिशत क्यासब्याक गर्ने भएको छ । बैंकले “प्रगतिको आधार कामना सेवासँगको कारोबार” भन्ने मूल नाराका साथ यस्तो सेवा प्रदान गर्ने भएको हो ।   

एफ वान सफ्टको सहकार्यमा सीमित अवधिको लागि यो योजना ल्याएको हो । यो सुविधा मोबाईल बैकिङ्ग एपबाट पहिलो पटक टपअप गर्ने ग्राहकले मात्र प्राप्त गर्ने छन् ।   

बैंकले देशका विभिन्न भागहरुमा १२३ वटा शाखा तथा ६४ वटा एटीएममार्फत आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।   

Image result for कामना बैंक

साथै बैंकले एबीबीएस, एसएमएस बैकिङ्ग मोबाइल बैकिङ्ग, सी एएसबीए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *