विरानो मान्छे

सानी थिइ एकदमै चन्चल ।
मेरा आँखाका नानी जस्तै ।।
मेरो मनमा कहिले पुतली बनेर
कहिले चरा बनेर कहिले बतास बनेर ओहोरदोहोर गरिरहने उस्को झझल्को मात्र छ ।। मैले जिन्दगीमा गुमाएको एकमात्र बहुमुल्य जिनिस। जस्को नामले मेरो मनमा बर्षौँबर्षदेखि डेरा जमाइरहेको छ ।

एक तमासले टोलाईरहदा मेरो सामीप्यमा आएर गिज्याउनेदेखि, मेरा पगलपनमा रमाउने उनि खै कुन दुनियाँमा रंगिएकी छिन रु मेरा बालापनको त्यति हेक्का राख्नु पर्ने खासै केही छ त त्यो केबल उनि थिइन जस्ले सुटुक्क मेरा नजर भरिदिन्थिन । नहेरेझैँ हेर्ने बानीले भुतुक्कै हुन्थे म । साथी भाईले औधी गर्थे । जसको नाम सँग जोडेर मेरा पाईला पछ्याउँदै गर्दा कतै एकान्तमा गएर लाजले भुतुक्कै हुने मै थिएँ अनि भित्रभित्रै काउकुतिले सताएको जस्तो अनिभुती हुने पनि मै थिँए ।

प्राय साथीहरुको हेक्का छैन मलाई, अक्सरलाई गणित किताबको भित्र पट्टि लुकाएर राखेको छु जो बिल्कुलै बन्द छन मेरा मनका ढोका जस्लाई उस्ले भित्रैबाट चुकुल लगाएर बसेकी छिन । किनकी हिसाब संग मेरो जन्मजात दुश्मनी जो थियो ।

त्यो यस्तो ठाउँ हो जहाँबाट मेरा बाले कर्म गरेर मलाई आज यो ठाउँ सम्म ल्याईदिनु भएको छ जुन ठाउबाट मैले मात्र ज्ञान पाएको थिइन । त्यो ठाउले ज्ञान त दियो नै उसको याद पनि दिएछ क्यारे सकेको छैन विर्सिन अहँ हरपल आउछ ती दिनका सम्झना अनि साथी भाई संग गरेका सम्झौताहरु । तिनिहरु त्यै किताबको भित्र पट्टि नै सिमित छन आज पनि तर उनि आज पनि मेरा लागि मेरै समिपमा छिन मेरा पाईला बनेर छाया बनेर ।।

खासमा खास उ नै थिई मेरा लागि । मैले भलै उ संग आम्नेसाम्ने हुँदा मुस्किलले २र४ बात मिसाएको हुदो हुँ । बोल्नमा म माहिर नै थिए, छु जस्तो लाग्छ अझै तर ओहो १ जब उ सामु हुन्थी नि लाग्छ मेरो जिब्रो कुनै जेलमा थुनिएको कैदी हो जस्ले बर्षौं सम्म मात्रै ती भित्ताहरुमा आफ्नै औंलाहरु छियाछिया बनाएर कोरेका प्रेम पत्र जस्तै मुस्किलले बुझिने भाषा जस्ता हुन्थे । हनुमानले सजिलै पहाड उचाले तर मैले उस्को सामुन्ने बोल्नु भनेको त्यो पहाड भन्दा गरुङ्गो हुन्थे हरेक शब्द हरेक वाक्य हिमाल जस्तै स्थिर हुन्थे म बोल्न चाहेर पनि चुप हुन्थे ।।

मेरा हर्कतले मेरा बा आमा त वाक्क थिए नै हाम्रा छिमेकी पनि दिक्क हुन्थे । मेरो स्थिर साथी कोहि भएन किनकी साथिले कहिल्यै मेरा भावाना बुझेनन मेरा चाहाना बुझेनन । थिए मेरा साथी त केबल उनका याद । मेरा हरेक क्रियाकलापहरु फिल्मी पारामा हुन्थे किनकी म खुब फिल्म हेर्थे त्यति बेला । यति सम्म हर्कत गरेँ कि कुनै हिरो सायद आमिर खान हुनुपर्छ किनकी मेरो मनमा डेरा जमाएको एक मात्र चरीत्र उही हो जस्को म खुलेर तारिफ गर्न सक्छु । सायद उसैको फोटो पछाडि उसैका गुणगान मिसाएर प्रेम पत्र लेख्ने हिम्मत त गरेँ तर उस्लाई दिने आट जीवन भरी कहिल्यै आएन । त्यति बेला के लेखेको थिए पनि प्रष्ट याद छैन तर उस्लाई लेखेको प्रेम पत्र उस्ले पढ्न त परको कुरा हातमा पर्न नपाउदै च्यातेर कसैले देख्छ्न कि भन्ने डरले धेरै टाढा ओडारमा लगेर फाल्ने मै हुँ । धेरै पहिले ती गाउँ बस्ती छोडेर धेरै टाढाको सफरमा आएको छु तर अक्सर मेरो मन मेरा सपनाहरु यी सात समुन्द्रहरु एक पाइलामा तर्दिन्छन यी खोला खोल्छाहरु यी डाँडापाखाहरु एकै फड्कोमा नाग्दिन्छन र पुग्छन उसैको गाउँघर अनि खोज्न ब्यस्त छन ती च्यात्तिएका प्रेम पत्र अनि थमाउन चाहान्छन उस्का कोमल हातमा ।।

उस्को आँखा ठुला थिए मन पनि ठूलो नै थियो होला तर मन जाच्न सक्ने खुबी म मा थिएन त्यसैले मलाई लाग्थ्यो कि भगवानले उस्लाई बनाइदिएका ठुलाठुला आँखा मलाई अटाउन कै लागि मलाई राख्नकै लागि भनेर पठाएका हुन यत्रो मिहेनतले बनाएका हुन ।
तर अपसोच म कहिल्यै बस्न पाइन होला । उस्ले सुइँको सम्म पाईकी पाईन कुन्नी तर मैले खुब बहेली खेलेको छु उस्का याद संग जसरी लटरम्म पाकेका धानका बालाले बहेली खेल्छन अनि खुब लुकामारी खेलेको छु उस्का छाया संग जसरी घाम र पानीले खेलेका छन अनि ड्याम्म ढाडमा हानेर ड्याप्प भन्न मन छ र त उस्को झझल्कोले बहकिने गर्छ यो मन अच्च्कालिको स्टुपिड मन ।।

मेरो मनको संघार भएर धेरैले यात्रा तय गरे जो कहिले फर्किन्छन कुनै टुंगो छैन । तर तिमी यस्तो यात्रु हौ जो बर्षौं पहिले मेरो मनको बसपार्कबाट हराएकि जस्लाई खोज्दैमा मेरो जिन्दगीले नेटोकाटी सकेको छ । मेरा पाइलाले नथाक्ने कसम खाएका छन मेरा आँखाले नथाक्ने कसम खाएका छन उ आउने मुलबाटो बनाउदै छु । आउनेछिन उनी त्यहि गोरेटो भएर जहाँ म उनैलाई पर्खिबसेको छु ।। उसैको नाउमा गजल लेख्दै कथा लेख्दै कविता लेख्दै । सायद चिन्दिनन होला उनले त अब म पनि त बूढो भएको छु । मेरा कपालले अस्तिनै साथ छोडी सके । मेरा धमिला देख्ने आँखालाई चस्माले सारथि बनाएको छ तर तिमी ढुक्क हुनु तिमिलाई टाढैबाट ठम्याउन सक्छु किनकी उनी मेरो आज सम्मको यात्रा हुन । मेरा पाइलामा साथि हुन आउ फर्की आउ मेरा गजलले, कविताले, कथाले कुरिरहेका छन । पक्कै तिम्लाई ठम्याउन गार्‍हो होला भनेर बाटो भरी गजलले सजाएको छु ।।

हजुरहरुले देख्नु भयो कतै मेरि उनिलाई भने खबर गर्दिनुहोला है किनकी उनी मेरो मनबाट हराएको बर्षौँ वर्ष भैसक्यो ।।

गजल
मलाई भन्दै भनिनौ बेखबर गयौ ।।
खै कता गयौ कुन शहर गयौ ।।

म जागै बसेर तिमिलाई हेर्दाहेर्दै ।।
कति बेला गयौ कुन प्रहर गयौ ।।

जिन्दगीले जिन्दगी बुझ्ने बेलामा ।।
थाह छैन कुन्नी कस्को घर गयौ ।।

अतीत “”अशोक दवाडी””

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *