कीर्ते गर्ने तीन जना पक्राउ

फागुन १७, काठमाडौँ ।  महानगरीय अपराध महाशाखाले सरकारी छाप र प्रमाणपत्र कीर्ते गर्ने तीन जनालाई पक्राउ गरेको छ । 

व्यक्तिबाट नगद रकम लिई सरकारी छाप कीर्ते गरी दश जोड दुईको विभिन्न प्रमाणपत्रहरु नक्कली बनाएको आरोपमा दीपक कटुवाल, रेखा माझी र अप्सरा गुरुङलाई काठमाडौँको महाराजगञ्जबाट पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

उनीहरुको साथबाट नक्कली प्रमाणपत्र समेत बरामद भएकाले सरकारी छाप दस्तखत कीर्ते मुद्दामा आवश्यक कारवाहीको लागि आज महानगरीय प्रहरी परिसर काठमाडाैँलाई बुझाइएको महाशाखाले जनाएको छ । 

null

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक मोहन थापाले उनीहरुको विषयमा आज जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गर्न लागिएको जानकारी दिए ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *