सिद्धार्थ बैंकको नयाँ शाखा गोरखा बजार र कटारीमा

पुस २८, काठमाडाैँ । सिद्धार्थ बैंकले सोमबार गोरखाको गोरखा बजारमा र उदयपुरको कटारीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।   

बैंकले सर्वसाधारण तथा उद्यमीे माझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।   

उक्त शाखा बिस्तार पश्चात्  सिद्धार्थ बैंकको कुल शाखा सञ्जाल संख्या १८० (४ एक्स्टेन्सन् काउन्टर सहित) पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ्ग सेवा, १९९ ATM र १,६०० भन्दा बढी POS मेसिनका साथै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटिएम कार्ड सेवाका मार्फत् उच्चस्तरिय बैंकिङ्ग  सेवा प्रदान गर्दै आइरहेकाे छ । 

Image result for सिद्धार्थ बैंक

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *