कस्ताे अचम्मकाे डाक्टर बिरामीकाे मृत्यु हुनुअघि फेसबुक चेक गर्छन्

माघ २१ । अहिले दुनियाँमा दया, धर्म तथा मानवता हराएको छ भनिन्छ । तर सबै ठाउँमा कहाँ त्यस्तो छ र ?दुनियाँमा केही मानिस यस्तो अवतार बनेर आउँछन् जसले मानवता जिउँदै छ भन्ने आभाष दिलाउँछ । 

 

डाक्टर लुइस प्रोफेट यसको एउटा उदाहरण हुन् । मानिसहरु सोच्छन् कि मृत्यु देख्दा देख्दा डाक्टरहरु ढुंगा बनिसकेका हुन्छन् । तर सत्य यो हो कि अरु मानिसकै जीवन सम्हाल्नका लागि उनीहरुलाई पत्थरजस्तै बन्नु पर्दछ । 

null

कसैलाई खुसीको कुरा सुनाउनु त सजिलो हुन्छ तर कसैलाई उसको प्रियजनको मृत्युको खबर सुनाउन निकै गाह्रो पर्दछ । डाक्टरहरु दिनहुँजसो यही अप्ठेरोबाट गुज्रिनु पर्दछ । 

अमेरिकाको इण्डियाना राज्यको राजधानीस्थित सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत डाक्टर लुइस प्रोफेट अस्पतालमा मृत्यु हुने कुनै बिरामीको मृत्युको खबर उनका बुवा–आमालाई बताउनु अगाडि मृतकको फेसबुक वाल हेर्दछन् । 

मृतकको फेसबुक वाल हेर्नुको कारण के होला रु यसको पछाडि निकै मार्मिक अर्थ छ । मृतकको फेसबुक हेरेर उसका तस्वीरहरु देख्दा उसको जीवनलाई नजिकबाट बुझ्न सकिने उनको दाबी छ । साथै मृतकका आफन्त तथा परिवारका बारेमा पनि जान्न सकिने र उनीहरुको पीडामा सामेल हुन सकिने तर्क उनको छ । 

उनी मृतकको फेसबुक यसकारण पनि हेर्दछन् कि कुनै व्यक्ति डाक्टर हुनुको नाताले कसैको मृत्युको खबरलाई दैनिक कामको रुपमा नसम्झियोस् । अनि मृतकको परिवारको पीडा महसुस गरी पूरै सम्वेदनाका साथमा मृतकको परिवारलाई मृत्युको खबर भन्न सकोस् । 

उनी भन्छन् यसो गर्नुले उनलाई मानवको रुपमा टिकाइराखेको छ । उनले एकजना मृतक किशोरको मृत्युको खबर उसका बुवाआमालाई सुनाउनु अगाडिको निकै भावुक सन्देश सोसल मिडियामा पनि पोष्ट गरेका छन् । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *