सासुलाई कुटेकाे भिडियाे भाइरल भएपछी बुहारी पक्राउ

 

जेठ २६, भारत ।  भारतको हरियाणामा महेन्द्रगढ जिल्ला छ । जहाँको एउटा भिडियो भाइरल भइरहेको छ । उक्त भिडियोमा दुई महिला छन् । खाटमा बसिरहेकी एक वृद्धा र उनकी बुहारी । भिडियोमा बुहारीले पटकपटक सासुलाई कुटिरहेको देख्न सकिन्छ । 

यो भिडियोलाई वृद्धाकी आठ वर्षकी नातिनीले रेकर्ड गरेको भारतीय संचार माध्यमले बताएको छ । यद्यपि, सोसल मिडियामा केही मानिसहरुले यो भिडियो छिमेकीले घरको छतबाट रेकर्ड गरेको बताइरहेका छन् । 

null

 

भिडियो ऋषि बागरीको ट्वीटर ह्यान्डलबाट सेयर गरिएको हो । उनका अनुसार यी महिला स्वतन्त्र हिन्द फौजका सदस्य हुन् र उनलाई बुहारीले दैनिक कुट्छिन् । उनले हरेक महिना ३० हजार भारु पनि पेन्सन पाउने गरेको पनि बताइन्छ । 

स्रोतका अनुसार पेन्सनको लोभमा नै उनले सासुलाई कान्छो छोराको घरबाट ल्याएकी थिइन् । महिलाका श्रीमान् पुलिस हुन् त्यसकारण उनीविद्ध कसैले पनि आवाज उठाउने हिम्मत गर्दैनन् । 

 

हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले पनि यो भिडियोको विषयमा ट्वीट गरेका छन् । उनले लेखे, ‘यो दुःखद र निन्दनीय छ । सभ्य समाजमा यस्तो प्रकारको व्यवहारलाई सहन सकिँदैन । यसबारे मुद्दा दर्ता गरेर आरोपीलाई पक्राउ गरिएको छ ।’ 

वृद्धाको उमेर ८० वर्ष बताइएको छ । पुलिसले महिलालाई पक्राउ गरेर वृद्धाको मेडिकल पनि गराएको जानकारी दिए । एजेन्सी 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *