हिँडेरै गन्तव्यमा गइरहेकालाई खाना र पानी व्यवस्था गर्न तरुण दलको आग्रह

वैशाख ५, काठमाडौं । नेपाल तरुण दलले सरकारले लागु गरेको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका जनताहरु पैदल हिँडेर टाढाको गन्तव्यमा गइरहेको अवस्थामा उनीहरुलाई खाना र पानीको व्यवस्था गर्न आग्रह गरेको छ । 

शुक्रबार विज्ञप्ति जारी गर्दै तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले पैदल हिँडेर गन्तव्य तय गरेकाहरुका लागि ठाउँठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गर्न आफ्ना कार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । 

‘नेपाल तरुण दलका सम्पूर्ण साथीहरूले आ–आफ्नो तर्फबाट राजमार्गमा हिँडेर आफ्नो गत्तव्यतर्फ गइरहेका मजदुरहरूका लागि ठाउँ–ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गरिदिन अनुरोध गरिन्छ,’ अध्यक्ष जीतजंगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

‘हिँडेरै गन्तव्यमा गइरहेकाको यात्रा सहज बनाऔं’

कोरोना भाइरस संक्रमण फैलिन नदिने कार्यमा सरकार, प्रतिपक्षी कांग्रेस लगायत सम्पूर्ण दलहरु एकजुट हुनुपर्ने उनले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *