बिग बास खेल्न सन्दीप लामिछाने आज अष्ट्रेलिया जाँदै

माघ २१, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने यूएईबाट अष्ट्रेलिया जाने भएका छन् । 

युएईविरुद्धको एकदिवसीय र टी–ट्वान्टी क्रिकेट सिरिज जितेर नेपाली राष्ट्रिय क्रिकेट टोलि आज स्वदेश फर्कदै छ। सन्दीप लामिछाने बिग बास लिग खेल्नका लागि संयुक्त अरब इमिरेट्स (युएई) बाटै अष्ट्रेलिया जाने भएका हुन् । 

अष्ट्रेलियामा जारी बिग बास लिगमा सन्दीप मेलबर्न स्टार्सबाट खेलिरहेका छन् । बिग बासको सुरुवाती ४ खेल खेलेर सन्दीप बंगलादेश प्रिमियर लिग (बीपीएल) लिग खेल बंगलादेश आएका थिए । बीपीएलमा ६ खेल खेलेर सन्दीप युएई भ्रमणको लागि नेपाल फर्किएका थिए । 

null

बिग बासमा सन्दीपले ४ खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । सन्दीपले बिग बासको ४ खेलमा ८ विकेट लिन सफल भएका थिए । 

बिग बासमा सन्दीपको मेलबर्न स्टार्स टिम चौथो स्थानमा रहेको छ । मेलबर्न स्टार्सले आगामी शुक्रबार ब्रिसबेन हिटसंग खेल्ने छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *