वित्तीय प्रणालीमा स्थायित्व आएको छः अर्थमन्त्री

 

मंसिर २८, बनेपा । अर्थमन्त्री डा युवराज खतिवडाले सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको बताएका छन् । 

बिहीबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कार्यालय उद्घाटन गर्दै उनले महिलाको वित्तीय पहुँचमा पूँजी, सूचना र प्रविधिमा पहुँच पुर्याउन आवश्यक रहेको बताए । 

null

समाजमा प्रतिष्ठित हुन आर्थिक र राजनीतिक सवलीकरणमा पहुँच र आयआर्जनबाट उत्पादन शक्तिमा पुग्न आवश्यक रहेको अर्थमन्त्रीको भनाइ थियो । 

उनले आफू नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा सम्पूर्ण वित्तीय कारोवार गर्ने गैरसरकारी संस्थालाई लघुवित्त वित्तीय संस्थामा आउन आह्वान गरेको चार वर्षपछि नौ संस्था रुपान्तरण भएको र १६ संस्था बाँकी रहेको बताए । 

कार्यक्रममा संस्थाले राम्रो काम गर्ने प्रमुख तथा प्रतिनिधिलाई सम्मान गरियो । साँगामा केन्द्रीय कार्यालय रहेको सो संस्थामा ५७ हजार ७२१ ग्राहक सदस्य रहेको सो संस्थाले हालसम्म रु तीन अर्ब १४ करोड ५० लाख ६५ हजार लगानी गरिरहेको संस्थाले जनाएको छ । रासस 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *