कुमारी स्मार्ट मोबाईल बैंकिङको आकर्षक योजना
मंसिर २४, काठमाडौं । कुमारी बैंक लिमिटेडले नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न ग्राहक लक्षित विभिन्न योजनाहरु ल्याएको छ ।
उक्त योजना अन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले कुमारी स्मार्ट मोबाईल बैंकिङको आकर्षक योजना कुमारी स्मार्ट मोबाईल बैंकिङको आकर्षक योजना Kumari Smart Mobile Banking Application प्रयोग गरी योजनाहरुमा सहभागी भई उक्त अवसरको फाइदा लिन सक्ने बैंकले जनाएको छ ।
यस्ता छन् बैंकका नयाँ योजनाहरुः
१०० मा १००
योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्गबाट पहिलो रु १०० को टपअप गर्दा रु १०० क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यो योजना नयाँ तथा पुराना दुबै खालका ग्राहकलाई लागू हुनेछ तथा यो योजनामा सहभागी हुनका लागि ग्राहकले पहिलो चोटी कुमारी मोबाईल बैंकिङ्गको प्रयोग गरेको हुनुपर्नेछ ।
स्क्यान एन्ड पे
यस योजना अन्तर्गत कुमारी बैंकका ग्राहकले कुमारी मोबाईल बैंकिङ्ग प्रयोग गरी विभिन्न पसल तथा रेस्टुराँहरुमा QR CodeQR Code स्क्यान गरी भुक्तानी गर्दा १०५ वा दैनिक आधिक्तम रु १०० सम्म क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।
यो योजना फाल्गुन १७ गते सम्मका लागि लागू हुने बैंकले जनाएको छ ।
कुमारी स्मार्टको प्रयोग गरी विभिन्न बिलहरुः पानी, बिजुली, सारथिको ट्याक्सी, नेपाल ग्याँस, इन्टरनेट, इत्यादिको पैसा भुक्तानी गर्न पनि सकिने बैंककी कर्पोरेट हेड शिपा रेग्मीले जानकारी दिइन् ।