६ डीआईजीको सरुवा, ११ जनाको पदस्थापन

काठमाडौं। नेपाल प्रहरीका १७ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा तथा पदस्थापन भएको छ ।  गृह मन्त्रालयले ६ जनाको सरुवा तथा ११ जनाको पदस्थापन गरेको हो । 

डीआईजी मनोज न्यौपानेको प्रहरी प्रधान कार्यालयको प्रहरी निरीक्षणालय, शेरबहादुर बस्नेतको महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर, दिनेश अमात्यको महानगरीय ट्राफिक प्रहरी महाशाखा, नारायणसिंह खड्काको प्रहरी प्रधान कार्यालय प्रबन्ध, कमलबहादुर जिटीको प्रधान कार्यालय विशेष ब्यूरो र पिताम्बर अधिकारीको प्रदेश ५ प्रहरी कार्यालयमा सरुवा भएको छ । 

यस्तै डीआईजीमा बढुवा भएका शैलेश थापा महानरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख भएका छन्। 

null

बिनोद शर्मा घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा, विकास श्रेष्ठको साइबर ब्यूरो, ठाकुरप्रसाद ज्ञवालीको अख्तियार, पूर्णचन्द्र जोशीको राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालय, तारणीप्रसाद लम्सालको सुरक्षा सेवा निर्देशनालय, हरिबहादुर पालको प्रदेश २ प्रहरी कार्यालय, निरबहादुर शाहीको अपराध अनुसन्धान विभाग ब्यूरो, प्रद्युम्न कार्कीको प्रशिक्षण प्रतिष्ठान, हरिभक्त प्रजापतिको महिला तथा बालवालिका सेवा निर्देशनालय र सूर्यप्रसाद उपाध्यायको राष्ट्रिय सुरक्षा परिषद् सचिवालयमा पदस्थापन भएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *