प्रदेश १ का १४ वटै जिल्लामा ‘म अघि बढ्छु’ कार्यक्रम सुरु
मकालु खबर
२०७६ साउन १ गते
असार ३१, विराटनगर । प्रदेश नम्बर १ आन्तरिक मामिला तथा कानून मन्त्रालयले युवाहरुलाई नैतिकवान वनाउन ‘ म अघि बढ्छु’ कार्यक्रम प्रदेशका १४ जिल्लामा मंगलबारदेखि एकैसाथ सञ्चालनमा ल्याएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले दुर्व्यसनीमुक्त समाज, अपराध नियन्त्रण, विपद व्यवस्थामा सहयोगी भूमिकामा स्वयसेवक तयार गर्न, चरित्रवान एवम् नैतिकवान वनाउनका लागि युवाहरुलाई ‘म अघि बढ्छु’ सगरमाथा टिन्स क्लवमार्फत अभियान सञ्चालनमा ल्याएको हो ।
null
अभियानबाट कक्षा ९ देखि १२ सम्मका १३ देखि १९ वर्ष उमेर समूहका सामुदायिक तथा निजी गरी दुई हजार विद्यालयका दुई लाख विद्यार्थीहरु लाभान्वित हुनेछन् ।
अभियान संचालनका लागि प्रदेश सरकारले २ करोड ५० लाख रुपैयाँ वजेट छुट्याएको छ । अभियानको प्रदेशका मुख्यमन्त्री शेरधन राईले विराटनगरमा उद्घाटन गरे ।
मकालु खबर
२०७६ साउन १ गते
प्रतिक्रिया
सम्बन्धित