नेकपाको सचिवालय बैठक आज ४ बजे बस्दै
मकालु खबर
२०७६ भदौ १ गते
भाद्र १, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आईतबार अपरान्ह चार बजे बस्ने भएको छ ।
सचिवालयकाे बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
अपरान्ह चार बजेको बैठकमा पार्टीका जनवर्गीय संगठनको इन्चार्ज तोक्नुका साथै विशेष जिल्लाहरुको नेतृत्व चयन गर्ने एजेण्डाकाे बिषयमा छलफल हुनेछ ।
गत शुक्रबार बसेको सचिवालय बैठकले विभिन्न विभागको टुङ्गो लगाएको थियो । उक्त बैठकमा नेता झलनाथ खनालले आफुलाई तेस्रो वरियतामा राख्न लिखित प्रस्ताव पेश गरेका थिए ।
आज उक्त विषयमा पनि बैठकमा छलफल हुने जनाइएकाे छ ।
मकालु खबर
२०७६ भदौ १ गते
प्रतिक्रिया
सम्बन्धित