ए डिभिजन लिगः एनआरटीको सातौँ हारमा सरस्वतीको तेस्रो जित

 

मंसिर २७, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लबले जित हात पारेको छ । 

एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहीबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै सरस्वतीले तेस्रो जित हात पारेको हो । 

null

सरस्वती क्लबलाई जिताउन भिक्टोर एमओबीले पेनाल्टीमा निर्णायक गोल गरे । खेलको ७३ औं मिनेटमा पाएको पेनाल्टीमा भिक्टोरले गोल गरेका हुन् । एनआरटीका खेलाडीले ह्यान्ड गरेपछि सरस्वतीले पेनाल्टी पाएको थियो । 

त्यसअघि सरस्वतीले गोल गर्ने मौका पाएपनि सदुपयोग गर्न सकेनन् । खेलमा सरस्वतीका राज शाही म्यान अफ दि म्याच चुनिए । 

जितसँगै सरस्वतीले ८ खेलबाट ९ अंक जोडेको छ । र, सरस्वती लिगको नवौं स्थानमा छ । एनआरटीको भने यो लगातार सातौं हार हो । त्यस्तै लगातार सातौँ हार ब्योहोरेको एनआरटी एक अङ्कका साथ अङ्क तालिकाको पुछारमा छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *