एनआरटीकाे कमजाेर प्रदर्शन, हिमालयन शेर्पासँग १–० ले पराजित

पुस २, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा हिमालयन शेर्पाले जित हात पारेको छ । 

लिगमा लगातार कमजोर प्रदर्शन गरिरहेको एनआरटीलाई पराजित गर्दै हिमालयन शेर्पाले १–० को जित निकालेको हो । प्रतियोगितमा नौ खेल खेलिसक्दा पनि एनआरटीले जित हात पार्न सकेको छैन । 

प्रतियोगितामा खेल बराबरी गर्ने मौका पटक–पटक गुमाउँदा एनआरटी पछि परेको हो । ८ हार र एक बराबरीको नतिजासहित एक अंक जोडेको एनआरटी तालिकाको पुछारमा छ । 

null

हिमालयन शेर्पालाई जित दिलाउन एन्फा एकेडेमीका विश्वास श्रेष्ठले खेलको ४५ औँ मिनेटमा निर्णायक एक गोल गरे । 

जितसँगै हिमालयन शेर्पा तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । उसले ९ खेलबाट १४ अंक जोडेको छ । पुलिससँग समान अंक भएपनि गोल अन्तरका आधारमा शेर्पा क्लब पछाडी परेको हो । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *