टोटनह्याम इएफएल लिग कप फुटबलको सेमिफाइनलमा

टोटनह्याम इएफएल लिग कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा टोटनह्यामले आर्सनललाई २–० ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । 

आर्सनललाई उसकै मैदानमा हराउने क्रममा टोटटनह्यामका सन हेङ्ग–मिन र डेल अलीले गोल गरे ।२० औँ मिनेटमा सनको गोलबाट टोटनह्यामले पहिलो हाफमा १–० को अग्रता लियो । ५९ औँ मिनेटमा अलीले गोल गर्दै अग्रता दोब्बर पारे । आर्सनलले त्यसपछि पनि गोल फर्काउन नसकेपछि टोटनह्याम २–० ले विजयी भयो । 

 

null

टोटनह्याम सन् २०१४–१५ को सिजनपछि पहिलोपटक लिग कपको अन्तिम चारमा पुगेको हो । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *