कोरोना संक्रमणबाट कंगोका पूर्व राष्ट्रपतिको मृत्यु
मकालु खबर
२०७६ चैत १८ गते
चैत्र १८, कंगो । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति ज्याकुज जोकुम योम्बी ओपांगोको मृत्यु भएको छ ।
कोरोना संक्रमित ८१ वर्षीय ओपांगोको पेरिस अस्पतालमा सोमबार मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
उत्तरी कंगोको कुभेत्ते क्षेत्रमा जन्मिएका योम्बी पहिले सैनिक अधिकृत थिए । पछि मात्रै तत्कालिन राष्ट्रपति मरियन न्गुअबीलाई अपधस्थ गरी सत्तामा आएका हुन् । उनले सन् १९७७ देखि १९७९ सम्म कंगोमा शासन गरेका थिए ।
मकालु खबर
२०७६ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित