सिटिजन्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण सम्झौता

 

जेठ १, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर बिच विप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । 

सम्झौता पश्चात् भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिटिजन्स बैंकका कुनै पनि शाखाबाट सहज र सरल ढंगले प्राप्त गर्न सकिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकको विश्वास छ । 

null

‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंकले आफ्ना ८१ वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुमार्फत् करिब चार लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 

साथै बैंकले शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको पनि स्थापना गरिसकेको छ । 

ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि बैंकले उपलब्ध गराउँदै आएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *