ज्योतिपुञ्ज सहकारीको एक वर्षको नाफा १ करोड १९ लाख

मंसिर २८, धरान । सुनसरीको धरानस्थित ज्योतिपुञ्ज बचत तथा ऋण सहकारी संस्था लिमिटेडले एक वर्षमा १ करोड १८ लाख बढि मुनाफा आर्जन गर्न सफल भएको छ । सहकारीको आज ११ औ वार्षिक साधारण सभामा उक्त जानकारी दिइयो ।   

सहकारीका अध्यक्ष मनोज भट्टराईले साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै यस वर्ष १ करोड १९ लाख ६८ हजार १०१ रूपैयाँ मुनाफा गर्न सफल भएको बताए । शेयर रकम गत बर्षमा ४ करोड २८ लाख ७ हजार ८ सय ३९ रुपैया, निक्षेप संकलन २ करोड ४४ लाख ४ हजार १ सय १५, रहेको छ । यसैगरी यस आर्थिक बर्षको खुद नाफा २५ लाख ४ हजार ४ सय १५ रहेको जानकारी दिइयो । 

२८ जना सदस्य र २८ हजार रकमबाट जन्मिएको ज्योतिपुञ्ज बचतमा अहिले ५ सय ७७ जना शेयर सदस्य रहेका छन् । जसमा महिला २३५ र पुरुष ३४२ छन् । 

सहकारीको यस आर्थिक बर्षमा उल्लेखित रकम विभिन्न संस्थाको विनियम बमोजिम विभिन्न कोषमा बाँडफाँड समेत गरिएको छ ।  सहकारीमा शेयर लाभांश कोष, कर्मचारी बोनस कोष, सहकारी विकास कोष, घाटा पूर्ति कोष, डुबन्त ऋण कोष रहेका छन् । 

गोर्खा डिपार्टमेन्टको सगरमाथा सभा हलमा आयोजित साधारण सभामा शेयर सदस्यहरु, लेखा समितिका संयोजक तथा सदस्य, सल्लाहकार, सञ्चालक समितिका पदाधिकारी, सहयोगी कर्मचारी लगायत समाजका बिभिन्न प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति थियो । 

उक्त अवसरमा सञ्चालक समितिका तर्फबाट सभामा कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष सुर्य बहामदुर भटटराई(मनोज) ले १० वर्ष अगाडि आर्थिक रुपमा पछाडि रहेका वर्ग र समुदायहरुलाई आर्थिक कृयाकलापको मुलधारमा ल्याउने र उत्पादनको क्षेत्रमा लगानी गरेर शेयर सदस्यहरुलाई आर्थिक रुपमा सफल र स्वरोजगार बनाउने उद्देश्यका साथ सहकारी स्थापना गरिएको स्मरण गरे । 

साधारणसभाको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले सहकारीले सहकारीका सिद्धान्त र उद्देश्य पुरा गर्दै कमजोर आर्थिक अवस्था भएका समुदायको आर्थिक उत्थानमा टेवा दिएको बताए ।  कार्यक्रममा प्रमुख अतिथी तथा संस्थाका अध्यक्षद्धारा कर्मचारीहरुलाई नगद सहित सम्मान गरेका थिए ।   

बि.स. २०६५ मंसिर १९ गते स्थापना भएको ज्योतिपुञ्ज सहकारी संस्थाले स्थानीय क्षेत्रमा राम्रो काम गरेको बताइएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *