विराटनगरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कात्तिक १९, विराटनगर । विराटनगरमा सोमबार बिहान सडक दुर्घटनामा एकजनाको ज्यान गएको छ । 

कोशी राजमार्ग अन्तर्गत इटहरी विराटनगर सडकखण्डको मुनाल पथमा यात्रुबाहक बसले मोटर साईकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको हो । 

इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको ना ५ ख ४५१३ नम्बरको यात्रुबाहक बसले सोहि दिसा तर्फ जाँदै गरेको को १० प ६२५४ नम्बरको मोटर साईकललाई ठक्कर मोटरसाइकलमा सवार व्यक्तिको मृत्यु भएको हो । 

null

मृत्यु हुनेमा विराटनगर–५ का ३८ वर्षीय मनोजकुमार मोदी रहेका छन् । गम्भीर घाइते भएका उनको विराटनगर स्थित विराट नर्सिङ अस्पतालमा उपचारका क्रममा मृत्यू भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिए । 

घटनामा संलग्न बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *