विप्लव नेतृत्वको नेकपालाई वार्तामा आउन कांग्रेस सभापति देउवाको आग्रह

पाल्पा । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। उनले उक्त पार्टीलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए।   

प्रेस युनियन पाल्पा शाखाद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने बताए। उनले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतमाथि राज्यले दमन गर्न नहुने बताए।   

नेपाली कांग्रेस र प्रजातन्त्र पर्यावाची शब्द जस्तै रहेको बताउँदै उनले प्रतिपक्षका रुपमा रहेको काङ्ग्रेस पार्टी रेलिङ्ग भाच्ने पार्टी नभएको बताए । उनले नेपाली कांग्रेस हिन्दू धर्मको पक्षमा रहेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले नेपालको संविधानमा व्यवस्था मान्ने बताए।   

null

उनले गिरिजाप्रसाद कोइरालको धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने बताए । वर्तमान सरकारले एक वर्षको अवधिमा राम्राकाम गर्न नसकेको उनको टिप्पणी छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *