आफ्ना भाइ अनिललाई जेल जानबाट यसरी बचाए मुकेश अम्बानीले
मकालु खबर
२०७५ चैत ६ गते
चैत ५, नयाँ दिल्ली । मुकेश अम्बानीले आफ्ना भाइ अनिल अम्बानीलाई जेल जानबाट बचाएका छन् ।
भारतका सबैभन्दा धनी मुकेशले आफ्ना भाइ अनिलको ५.५ विलियन तिरेर उनलाई जेल जानबाट बचाएका हुन् ।
null
अनिलको रिलायन्स कम्पनीले इरिक्सन कम्पनीलाई ५.५ विलियन पैसा तिर्नुपर्ने थियो । भारतको सर्वोच्च अदालतले पैसा तिर्न आदेश दिएको थियो । उनले तोकिएको समयमा पैसा तिर्न नसकेपछि अनिललाई अदालतले थप चार महिना जेल सजायको फैसला सुनाएको थियो । तर मुकेशले पैसा तिरेर भाइलाई जेल जानबाट जोगाएका हुन् ।
आफ्नो ऋण तिरिदिएपछि अनिलले आफ्नो नराम्रो समयमा साथ दिएको र पारिवारिक मूल्य मान्यतामा अडिग रहन सक्ने क्षमता प्रदर्शन गरेकोमा दाइ मुकेश र भाउजु निताप्रति आभारी रहेको बताएका छन्।
मुकेश र अनिलका बुवा धिरुभाइ अम्बानीको मृत्युपछि सम्पतिलाई लिएर उनीहरु बीचको सम्बन्ध बिग्रिएको थियो ।
मकालु खबर
२०७५ चैत ६ गते
प्रतिक्रिया
सम्बन्धित