छुवाछुत विरुद्ध अभियानका पैदलयात्रीहरुको स्वागत र सम्मान

काठमाडौं, ८ वैशाख । छुवाछुत विरुद्ध मेची महाकाली पैदलयात्रा गरिरहेका दलित तथा गैरदलित अधिकारकर्मीहरुको टोलीलाई शनिवार पूर्वी चितवनमा स्वागतसंगै सम्मान गरिएको छ । उनीहरुलाई खैरहनी नगरपालिका,रत्ननगर नगरपालिका लगायत विभिन्न संघसंस्थाले छुट्टा छुट्टै कार्यक्रम गरी स्वागत र सम्मान गरेका हुन् । 

खैरहनी नगरपालिकाले पर्सा वजारमा एक कार्यक्रमको आयोजना गरि पैदलयात्रीहरु रिता परियार,हेमराज आचार्य र अशोक दर्नाललाई दोसल्ला ओढाई प्रसंसा पत्रले सम्मान गरिएको थियो ।कार्यक्रमकी प्रमुख अतिथी खैरहनी नगरपालिकाकी उपमेयर सुनिता थपलियाले उनीहरुलाई सम्मान गरेकी थिईन् । 

 

null

खैरहनी नगरपालिका १३ का वडाध्यक्ष वालकुमार उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका नेता जगन्नाथ आचार्य,नेपाली काग्रेश नगर सभापति शशि खनिया,वुद्धिजिवी प्रेम रिमाल,गोपाल परियार,दलवहादुर सुनार लगायतले छुवाछुत तथा भेदभाव व्यहारिक रुपमै अन्त्य गर्नु पर्नेमा जोड दिए । 

सो अवसरमा समाजसेवी भगतसिंह विश्वकर्माले सो टोलीलाई १० हजार सहयोग गरेको खैरहनी नगरपालिका कार्यपालिका सदस्य रेशमलाल विकले जानकारी दिए । यस्तै रत्ननगर नगरपालिका सहित विभिन्न संघसंस्थाले छुवाछुत विरुद्ध पैदलयात्रामा हिडेका उनीहरुलाई शनिवारनै स्वागत गरेका छन । पश्चिम नेपालको चादनी दोधराबाट पैदलयात्रा सुरु गरेका रिता परियार, हेमराज आचार्य र अशोक दर्नाललाई नगरपालिका सहित विभिन्न संघसंस्थाले स्वागत गरेका हुन । 

नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा रत्ननगर नगरपालिका वडा नं २ का वडाध्यक्ष तिलकराज शर्माले उनीहरुलाई खादा र सम्मानपत्रले सम्मान गरेका थिए । कार्यक्रममा परियार, आचार्य र दर्नालले पदयात्रका बारेमा जानकारी गराउदै समाजका अझै छुवाछुत कायम रहेको भन्दै यसको निर्मुलीकरणको लागि आफुहरुले पैदलयात्रा सुरु गरेको बताएका थिए । 

कार्यक्रममा वडा अध्यक्षहरु शंकरसिंह तामाङ,कृष्ण महतो,केशव आचार्य,विरबहादुर पाख्रिन,विनोद बस्नेत,कार्यपालिका सदस्य राजेन्द्र हमाल,न्यायिक समितिका सदस्यहरु वावुराम गौतम,शालिकराम पराजुली लगायतका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । पैदलयात्रीहरुलाई परियार गुठी समाज रत्ननगर,विश्वकर्मा सेवा समिति रत्ननगर,सानो घरले पनि स्वागत गरेका थिए । उनीहरुले चैत ३ गतेदेखि पैदलयात्रा सुरु गरेका हुन । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *