पत्रकार पिट्ने अस्पतालले माफि माग्यो
मकालु खबर
२०७४ जेठ १५ गते
“
पुस ८, धनगढी । कैलालीका पत्रकार प्रकाश मिश्रमाथि कुटपिट गरिएको घटनाप्रति अस्पताल प्रशासनले माफी मागेको छ ।
औषधी लिन जाने क्रममा मंगलबार राति कैलालीको सुखडस्थित भिजन अस्पतालका कर्मचारीले अनाहकमा कुटपिट गरेका थिए ।
औषधी लिन जाने क्रममा मंगलबार राति कैलालीको सुखडस्थित भिजन अस्पतालका कर्मचारीले अनाहकमा कुटपिट गरेका थिए ।
घटनाको चौतर्फी विरोध भएपछि बिहीबार अस्पताल प्रशासनले पत्रकार मिश्रमाथि भएको घटनाप्रति दु:ख व्यक्त गर्दै माफी मागेको छ । घटनापछि नेपाल पत्रकार महासंघ, प्रेस चौतारी, नेपाल प्रेस युनियन लगायतका संघ/संस्थाहरूले तीब्र विरोध गरेका थिए ।
अस्पतालका सञ्चालक गजेन्द्र अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाप्रति दु:ख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता व्यक्त गरिएको छ ।
“
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित