एन आई सी एशिया पुग्यो जाजरकोटको डल्ली

पुस २७, जाजरकोट । आक्रमक बजार रणनीति बनाएको एन आइ सी एशिया बैंक अब दुर्गम पहाडी जिल्ला जाजरकोट पुगेको छ । 

आज एन आई सी एशिया बैंकको नयाँ शाखा जाजरकोटको नलगाड नगरपालिका वडा नं ७, डल्लीबजारमा उद्घाटन भयो । उक्त शाखाको नलगाड नगरपालिकाका मेयर टेक बहादुर रावलले गरे ।  

उनले उक्त अवसरमा बैंकले आम जनमानसलाई सहज रुपमा सेवा प्रदान गर्ने विस्वास ब्यक्त गरे । उनले दुर्गम क्षेत्रमा बैंकले शाखा विस्तार गरेर स्थानीय जनतालाई बैकिङ सेवा प्रदान गरेर उनीहरुको आर्थिक अवस्था सुधार्न समेत सहयोग गरेको उल्लेख गरे ।  

null

हाल बैंकको मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई रहेका छन् । बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४७ अर्ब पुगेको बैंकले जनाएको छ । 

एन आइ सी एशिया बैंक निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा स्थापित भइसकेको छ । 

हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *