खोटाङमा चट्याङ लागेर आठ घाइते

 

बैशाख ३०, खोटाङ । खोटाङमा आइतबार बेलुका वर्षासँगै आएको चट्याङमा परी आठ जना घाईते भएका छन् । 

घाईते भएका आठलाई स्थानिय अस्पतालमा उपचार भईरहेको प्रहरीले जानकारी दिएका छन् । 

null

एक नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जानकारी दिए अनुसार यसरी चट्याङ लागि घाईते हुनेमा जिल्लाको सदरमुकाम दिक्तेलस्थित रुपाकोट मझुवागढी नगरपालिका ५ की ३५ वर्षीया रेणुका विष्ट उनका दुई छोरीहरु १५ वर्षीय छोरी जानुका बिष्ट, ११ वर्षिय अनुषा बिष्ट र ११ वर्षका छोरा अभिषेक रहेकाछन् । 

त्यसैगरी चट्याङ लागेर रुपाकोट मझुवागढी नगरपालिका नै बस्ने ७५ वर्षीया खेमकुमारी कट्वाल, ४० वर्षीय पदमकुमारी विष्ट, ३४ वर्षीया मीना कट्वाल, १४ वर्षीय लक्ष्मी कट्वाल घाइते भएका छन् ।  

उपचारका लागि भर्ना गरिएका घाईतेहरुको स्वास्थ्य अवस्था सामान्य जनक भएको प्रहरीले जनाएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *