सुन भाउ अहिले सम्मकै मंहगो, कायम गर्यो नयाँ रेकर्ड

फागुन ७, काठमाडौँ । नेपाली बजारमा सुनको भाउले बुधबार नयाँ रेकर्ड कायम गरेको छ ।   

मंगलबार सम्म प्रतितोला ७६ हजार ७ सय रुपैयाँ कायम भएको छापावाल सुन आज प्रतितोला ७७ हजार १ सय रुपैयाँ भएर नयाँ रेकर्ड कायम गरेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

त्यसैगरी महासंघका अनुसार मंगलबार पं्रतितोला ७६ हजार ४ सय रुपैयाँले कारोबार भएको तेजाबी सुन पनि आज प्रतितोला ७६ हजार ८ सय रुपैयाँले कारोबार भईरहेको छ ।     

Image result for सुन भाउ

बुधबार चाँदीको भाउमा पनि बृद्धी भएको छ ।  मंगलबार  ८ सय ९० रुपैयाँमा बिक्रीबितरण भएको चाँदी आज प्रतितोला ९ सय ५ रुपैयाँले बिक्रीबितरण भईरहेको महासंघले जनाएको छ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *