हर पल संगै, हामी संगै, तिमि संगै ! कविता
“
जनक बस्नेत
तिमि छौ र त हामी छौ
युग देखी युग सम्म
अनन्त सम्म
उशामा रबि किरण संग सुनौलो बिहानी मा उदाउदै
रात मा तारा र जुन संग चम्किन्छौ।
रन बन मा सहेली हरु
तिम्रा याद मा बयली खेलिरहेका छन।
तिमि भएर त यो सन्सार चलिरहेको छ
यि मुटु धड्किरहेछन
श्वास चलिरहेको छ
पाइला बढी रहेछ्न
तर
निथ्रुक्क तिम्रो बात्सल्यता मा भिज्न नपाउदा
तिम्रो लोरि को ताल मा निदाउन नपाउदा
खुशी मा हास्न अनि
दुख मा रुन तिम्रो काख नपाउदा
यो जिबन नै ब्यर्थ
यो संसार शुन्य, शुन्य लाग्छ तिमि बिना को
खोज्छु निश्पट्ट अध्यारो मा
छट्पटाउदै आत्तिदै
तर
निमेस भर आँखा बन्द गर्दा
पाउछु म आफुलाइ तिमि संग
झन् नजिक झन् झन् नजिक
झन् गाढा तिम्रो ममता र बात्सल्यता
झन् अटल मेरो श्रद्धा र समर्पण
तिमि भित्रै हामी
हामी भित्रै तिमि
यत्र तत्र सर्बत्र तिमि
हर पल संगै
हामी संगै
तिमि संगै ।
हार्दिक श्रदाञ्जली आमा
“