भारतको पहलमा केन्याबाट ७ नेपाली चेलीको उद्दार
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, पुस २० । मानव बेचबिखनमा संलग्न दलालको जालोमा पुगेर अफ्रिकी मुलुक केन्या पुगेका ७ नेपाली चेलीको उद्दार भएको छ ।
भारतीय उच्च आयोगको पहलमा ७ नेपालीसँगै ३ भारतीय युवतीको उद्दार भएको हो । नैरोवीमा रहेको भारतीय उच्च आयोगले भारत हुँदै केन्या लैजान लगिएका ३ भारतीय युवतीको उद्दार गरेको हो ।
भारतीय उच्च आयोग र केन्या प्रहरीको संयुक्त अपरेसनबाट नेपाली र भारतीय गरी १० युवतीको उद्दार गरिएको हो । भारतको पञ्जावलाई आधार बनाएर अफ्रिकी देशमा भारतीय र नेपाली युवतीको तस्करी हुने गरेको तथ्य समेत सार्वजनिक भएको छ ।
भारतीय विदेशमन्त्री शुस्मा स्वराजले सामाजिक सञ्जाल ट्वीटरमा एक स्टाटस लेख्दै भारतीय र नेपाली युवतीको उद्दार गरिएको बताएका छन् ।
मन्त्री स्वराजका अनुसार ती युवतीलाई केन्याको मोम्बासामा बन्धक बनाएर राखिएको थियो ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित