थर्मल गन बिग्रिएपछि स्वास्थ्यकर्मी समस्यामा
मकालु खबर
२०७७ वैशाख १ गते
वैशाख १, अर्घाखाँची । जिल्लाका अस्पतालमा ज्वरो नाप्ने थर्मल गन नहुँदा स्वास्थ्यकर्मी समस्यामा परेका छन् । जिल्लामा रहेका तीन वटै थर्मल गन बिग्रिएपछि अहिले तापक्रम नाप्न समस्या उत्पन्न भएको छ ।
यात्रु तथा अन्यको तापक्रम नाप्न प्रयोग गरिने थर्मल गन बिग्रिएपछि चार दिनदेखि जिल्लाका सबै स्थानमा ज्वरो नाप्न समस्या भएको सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्बासेले बताए । अर्घाखाँची अस्पतालमा रहेको थर्मल गन पनि बिग्रिएको छ ।
अहिले थर्मोमिटरले ज्वरो नाप्नुपरेको अर्घाखाँची अस्पतालका प्रमुख डा कपिल गौतमले बताए । थर्मल गनकाठमाडौँबाट मगाइएको र एकदुई दिनमा ल्याइपु¥याइने गौतमको भनाइ छ । शीतगंगा १२ डोहटेमा कोरोना भाइरस सहायता कक्ष स्थापना गरेर जिल्ला प्रवेश गर्नेहरुको तापक्रम नाप्ने काम हुँदै आएको थियो ।
null
मकालु खबर
२०७७ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित