विप्लवका दुई नेता हतियार सहित पक्राउ

 

असार ९, विराटनगर । आइतबार मोरङ प्रहरीलले हतियार सहित मोटरसाइकलमा सवार विप्लव समूहको दुई नेतालाई पक्राउ गरेको छ । 

को १७ प ४५९६ नम्बरको मोटरसाइकलमा सवार ति दुई नेतालाई चेकजाँचको क्रममा मोरङको कानेपोखरी ६ बाट पक्राउ गरिएकाे प्रहरीले जनाएको छ । 

null

पक्राउ पर्नेमा मोरङको सुन्दरहरैंचा नगरपालिकाका ४३ वर्षीय अशोक राई र कानेपोखरी गाउँपालिका–६ का ३४ वर्षीय कन्सा माझी धिमाल रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

पक्राउ परेका उनीहरुको साथबाट दुईवटा पेस्तोल, चारवटा म्यागजिन र १४ राउण्ड गोली फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक विश्व अधिकारीले बताएका छन् । 

पक्राउ परेका राई ‘विप्लव’ समूहका जिल्ला सेक्रेटरी र धिमाल कार्यकर्ता भएको बताइएकाे छ ।  

केही समय देखी एक व्यापारीलाई विप्लवका ती नेताले चन्दा स्वरुप ७ लाग माग गर्दै आईरहेको र सोही रकम लिन जाने क्रममा हतियार सहित चेकजाँचमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हाे । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *