हट आइटम गर्ल राखी सावन्तले गरिन् गोप्य विवाह

  

साउन २०, भारत ।  बलिउडकी आइटम गर्ल भनेर चिनिने राखी सावन्तले अन्ततः आफूले विवाह गरेको स्विकारेकी छिन् । यसअघि ४० वर्षे कन्ट्रोभर्सी क्विनले आफ्नो विवाह अस्पिकार गरेकी थिइन् । 

 

null

उनका अनुसार उनका श्रीमानको नाम रितेश हो । उनी युरोपमा बस्छन् । विवाहपछि उनी पुनः विदेश गइसकेको राखीले बताएकी छिन् । 

स्पटबोयलाई दिएको अन्तर्वार्तामा राखीले आफू आमा बन्नमा कुनै हतार नभएको बताएकी छिन् । उनले भनिन्, म सन् २०२० मा आमा बन्ने सोचमा छु ।’ 

आफ्नो विवाहपछि राखी निकै उत्साहित छिन् । उनले विवाहित महिलाको गेटअपमा विभिन्न तस्बिर सेयर गरेकी छिन् । यी तस्बिर निकै चर्चित पनि भइरहेको छ । 

 

राखीले किन यति अचानक विवाह गरेको भन्ने प्रश्नमा जवाफ दिए, ‘सबैभन्दा पहिले त यो भन्न चाहन्छु कि तपाईंहरुले सही जानकारी पाउनुभएको छ कि मेरा श्रीमान् एनआरआई हुन् । मेरा श्रीमानको नाम रितेश हो र उनी यूकेमा छन् । उनी यूके फिर्ता भइसकेका छन् । मेरो भिसा प्रोसेस चलिरहेको छ र म पनि उनलाई यूकेमा जोइन गर्नेछु ।’ 

आफ्नो कामबारे कुरा गर्दै राखीले भने, ‘इन्डियामा मैले जे पनि काम पाउँछु त्यो गर्नेछु । म सधैं टिभी शो निर्माण गर्न चाहन्थेँ र अब मलाई लाग्छ कि मेरो यो सपना चाँडै नै पूरा हुँदैछ ।’ 

 

अन्तरवार्तामा राखीसँग उनले रितेशसँग कसरी भेट भयो भनेर सोध्दा उनले भनिन्, ‘यो निकै शानदार स्टोरी हो । उनी मेरा प्रशंसक थिए र मलाई ह्वाट्सएपमा मेसेज गर्दथे । कुरा गरेपछि हामी चाँडै नै एक अर्काको साथी बन्यौं । यो करिब एक वर्ष अघिको कुरा हो ।’ एजेन्सी 

 

  

  

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *