अप्रिलिया स्ट्रोम स्कुटर नेपाली बजारमा

 

जेठ २३, काठमाडौं । अप्रिलियाको इटालियन रेसिङ टेक्नोलोजी भएको अप्रिलिया स्ट्रोम स्कुटर नेपाली बजारमा आएको छ । दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि.ले अप्रिलिया स्ट्रोम नेपाली बजारमा ल्याएको हो । 

उक्त स्कुटरको आज पुल्चोक लविमलमा दुगल ब्रदर्श एण्ड सन्सका अध्यक्ष मोतिलाल दुगडले सार्वजनिक गरेका छन् । 

null

कार्यक्रममा बोल्दै अध्यक्ष दुगडले अप्रिलिया स्ट्रोमले नेपालीहरुको मन जित्ने विस्वास ब्यक्त गरे । कार्यक्रममा बोल्दै दुगल ब्रदर्श एण्ड सन्सका उपाध्यक्ष विवेक दुगडले कम्पनीले नेपाली बजारका लागि आगामी असार मसान्स सम्म अप्रिलिया स्ट्रोम दुई लाख २४ हजार ९ सय रुपैंयामा उपलब्ध गराउने जानकारी दिए । 

 

यो स्कुटर रेसरहरुको लागि डिजाइन गरिएको कम्पनीको दावि छ । भने, आरामदायी सवारीको लागि पनि प्रयोग गर्न सकिने छ । 

अप्रिलिया स्ट्रोममा १२५ सिसिको आधुनिक प्रविधिको थ्री भल्व जडान गरिएको छ । जसले गर्दा स्कुटर सवारलाई शक्तिशाली तथा आरामदायी यात्रा गराउने कम्पनीको दावि छ । 

अप्रिलिया स्ट्रोम हाल बजारमा दुई रंग म्याट रातो र पहेंलो रंगमा उपलब्ध छ । यसको बनावट इटालियन उच्च प्रविधिको रहेको बताइएको छ । 

 

१२ इन्चको स्पोर्टस अलोय ह्विल भएको टायरसँगै आउने र अप्रिलिया स्ट्रोम अन रोड तथा अफ रोडमा समेत उत्तिकै आरामदायी र सुरक्षित रहने जिकिर गरिएको छ । सन् २०१५ देखि भेस्पाले नेपाली बजारमा आफ्ना उत्पादनहरु विक्रिवितरण गर्दै आइरहेको छ । कम्पनीले अप्रिलिया ब्राण्डको स्पोर्टिङ बाइक र स्कुटर उत्पादन गर्दै आइरहेको छ । 

अप्रिलिया २९४ ग्राण्ड पिक रेसहरु जिति विश्वमै बढि रेस जित्ने इतिहास बनाउन सफल भएको ब्राण्ड हो । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *