पत्रकार मिनाको गोली हानी हत्या
बैशाख ३० । अफगानी टेलिभिजन प्रस्तोताबाट राजनीतिमा प्रवेश गरेकी मिना मंगलको राजधानी काबूलमा शनिबार दिनदहाडै गोली हानी हत्या गरिएको छ ।
अफगानी राजनीतिज्ञ र महिला अधिकारकर्मीले उनको हत्याको सत्यतथ्यबारे छानबीन हुनुपर्ने माग गरिरहेका छन् । मुख्य कार्यकारी अब्दुल्लाह अब्दुल्लाहले पत्रकारको हत्यारा जसरी पनि पत्ता लगाएरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
null
पुलिसले यसबारे अनुसन्धान गरिरहेको छ तर उनको हत्याको पछाडि के उद्देश्य हुनसक्छ भनेर पत्ता लाग्न सकेको छैन । शनिबार गृहमन्त्रालयले जारी गरेको वक्तव्यमा अफगानिस्तानको संसदको सांस्कृतिक मामला आयोगमा सल्लाहकारको भूमिका निभाइरहेकी उनी काममा जाँदै गर्दा उनलाई गोली हानिएको बताइएको छ ।
अफगानिस्तानको सर्वोच्च अदालत एवं नागरिक समाजले उनको हत्याको गम्भीर अनुसन्धानको माग गरेका छन् । मंगलले ११ दिन अघिमात्रै आफ्नो फेसबुक पेजमा ज्यान मार्ने धम्की पाएको महिला अधिकारकर्मी वाहज्मा फ्रोगले ट्वीटरमा जानकारी दिइन् ।
धम्की किन दिइयो भनेर स्पष्ट जानकारी नपाएपनि पुलिस प्रवक्ताले रोयटर्सलाई पारिवारिक कलहमाथि पनि अनुसन्धान भइरहेको जानकारी दिए ।
Can’t stop my tears at the loss of this beautiful soul. She had a loud voice, & actively raising voice for her people. In this Facebook status she says she’s threatened & she says she she trusts her Allah & that a strong woman isn’t scared of death. RIP Mina Mangal pic.twitter.com/plsoYJlPlA
उनको हत्या पछि अफगानको सोसल मिडियामा देशमा महिलामाथि हुने हिंसा कतिसम्म छ भनेर बहस गर्न थालेका छन् । ‘एक महिलालाई दिनदहाडै हत्या गरिन्छ किनभने एक पुरुषले उनको हत्या गर्नुपर्छ भन्ने सोचे,’ वाहज्माले भनिन् । एजेन्सी