प्रदेश प्रमुख बर्खास्तबारे कांग्रेसले भन्यो– सरकार निकटस्थहरुलाई जागिर खुवाउनतिर लाग्यो

कार्तिक १७, काठमाडौं । नेपाली कांग्रेसले सातै प्रदेशका प्रमुखहरु पदमुक्त गर्ने सरकारको निर्णले सरकार र विपक्षीबीच द्वन्द्व सिर्जना गर्ने बताएकाे छ ।   

आइतबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले आज सातै प्रदेश प्रमुखहरुलाई पदबाट मुक्त गरेकी थिइन् । सोही विषयमा आफ्नो प्रतिक्रिया राख्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले द्वन्द्व निम्त्याउन खोजेको बताएका हुन् ।   

‘सरकारले गर्नुपर्ने कामहरु धेरै छन् । ती कामहरु नगरेर अनावश्यक काम गरी सरकार आफ्नो असफताको खाडल खन्नतिर लागेको छ । सरकारले पूर्वाग्रही रुपमा प्रदेश प्रमुखलाई बर्खास्त गरेको छ’, प्रवक्ता शर्माले भने ।   

Image result for विश्वप्रकाश शर्मा

एकमुष्ट रुपमा पदमुक्त गर्नु भनेको राजनीतिक पूर्वाग्रह भएको उनको दाबी छ । सरकार निकटस्थहरुलाई जागिर खुवाउनतिर लागेको प्रवक्ता शर्माको आरोप छ ।   

मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम राष्ट्रपति भण्डारीेले आज सबै प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेकी हुन् ।   

पदमुक्त भएका प्रदेश प्रमुखहरुलाई शेरबहादुर देउवाको सरकारले नियुक्त गरेको थियो । २०७४ साल माघ ५ गते प्रदेश प्रमुखहरुको नियुक्ति भएको थियो । 

संविधानको धारा १६३ को ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुअगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि ५ वर्षको हुने उल्लेख छ । सरकारको सिफारिस राष्ट्रपतिले स्वीकार गरेमा प्रदेश प्रमुखको पद रिक्त हुनेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *