सरुवा सूची पठाउँछन् गृहमन्त्रीका पीए
मकालु खबर
२०७४ जेठ १५ गते
काठमाडौं, भदौ १४ । गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीको सरुवा बढुवामा आफूले कुनै हस्तक्षेप नगर्ने घोषणा गरेको दुइृ महिना बित्न नपाउँदै सरुवाका लागि लामो सूची प्रहरी मुख्यालय पुगेको छ ।
गृहमन्त्रीका स्वकीय सचिव गोपाल शर्मा र पीएसओका रुपमा कार्यरत प्रहरी अधिकृतको टोलीले तीन हजार जनाको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा पठाएको छ ।
हरेक आउने नयाँ मन्त्री सरुवाको सूची पठाउने गरेको भए पनि यसपटक भने मन्त्रीको सचिवालयबाट तीन हजार जना सिपाही र हवल्दारको सरुवाको सूची प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखामा पुगेको छ ।
मकालु खबर
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित