मनकारी बाबुद्धारा छोराको स्मृतिमा विपन्न विद्यार्थीलाई स्वेटर प्रदान
“
सुनसरी, ११ पुस । सेवक अभियान धरानले (आज) मंगलबार धरानका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरुलाई स्वेटर वितरण गरेको छ । धरान–८ स्थित सहिद स्मृति माविमा सहित स्मृति मावि र बद्रीनाथ आधारभूत विद्यालय धरान–१५ का असहाय र निम्न वर्गका विद्यार्थीहरुलाई स्वेटर वितरण गरेका हुन् ।
सेवक अभियानले सहिद स्मृति माविका ३० जना विद्यार्थी र बद्रीनाथ आधारभूत विद्यालयका २२ जना विद्यार्थी गरी ५२ जना विद्यार्थीलाई स्वेटर वितरण गरेको हो ।
सहिद स्मृति माविका विद्यार्थीलाई धरानकै स्व. छोरा सोजंग राईको स्मृतिमा बाबु जंगकुमार राईले स्वेटर उपलब्ध गराएका थिए भने बद्रीनाथ आधारभूत विद्यालयका विद्यार्थीहरुलाई तुलसा गुरुङले आफना जन्मदीनको अवसर पारेर स्वेटर किनि दिएकी थिईन् ।
कार्यक्रमका प्रमुख अतिथि सुनसरी क्षेत्र नं. १ का सांसद जयकुमार राई, कार्यक्रमका विशेष अतिथि सुनसरी क्षेत्र नं. १ (क) का प्रदेश सांसद प्रदीप भण्डारी अथितिहरु विद्यालयका निरिक्षक खेमचन्द्र सुवेदी लगायतले विद्यार्थीलाई स्वेटर वितरण गरेका थिए ।
सहिद स्मृति माविका प्रधानाध्यापक रामबहादुर विष्टले सेवक अभियान तथा स्वेटर उपलब्ध गराउने दाता महानुभावलाई धन्यवाद दिंदै आगामी दिनमा समेत यस्तै सामाजिक कार्य गर्न हौसला दिएका थिए ।
सेवक अभियानका अध्यक्ष राजीव हलवाईले धरान उपमहानगर भित्रका ४८ वटै सामुदायिक विद्यालयका विद्यार्थीलाई जाडोमा न्यानो कपडा बाड्दै जाने बताए ।
“