सम्झौता कार्यान्वयनमा चलखेल भए पुस २५ अघि नै अनशन बस्छुः डा. केसी
पुस २३, काठमाडौँ । चिकित्सा सुधारको माग राख्दै पटक पटक अनशन बस्दै आएका डा. गोविन्द केसीले पुनः अनशन बस्ने चेतावनी दिएका छन् ।
उनले आफ्नो १५ औं अनशनको सम्झौता बमोजिम चिकित्सा शिक्षाको सुधार नगरे पुस २५ अगाडी नै १६ औं अनशन बस्ने चेतावनी दिएका हुन् ।
null
सरकारले सम्झौता अनुरुप नै चिकित्सा शिक्षा विधेयक पारित हुने आश्वासन दिएपछि पुस २५ गतेसम्मका लागि अनशन स्थगित गरेका केसीले सोमबार बिहानै पत्रकार सम्मेलन गरी सम्झौता विपरित प्रतिवेदन तयार भएकोमा आपत्ति जनाए । उनले संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिले चिकित्सा शिक्षा विधेयकमा गरेको प्रस्ताव सच्याउन समेत आग्रह गरेका छन् ।
पछिल्लो पटक डा. केसीले निर्मला हत्याकाण्डका दोषीलाई कारवाही गर्न र डा. गोविन्द केसीले पछिल्लो पटक निर्मला हत्याकाण्डका दोषीलाई कारबाहीको विषय पनि थप गरेका छन् ।
के छन् डाक्टर केसीका माग ?
१. १५औं सत्याग्रहका क्रममा २०७५ साउन १० गते नेपाल सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्नूपर्ने ।
— सम्झौता बमोजिम अक्षरसः संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने ।
— गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रि.वि. पदाधिकारीलगायतका व्यक्तिहरूलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस्। त्रिवि पदाधिकारीहरूद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुनः सो संस्थामै फिर्ता गर्नूपर्ने ।
—सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रुत गतिमा अघि बढाउनुपर्ने । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबिबिएस भर्ना सुरु गर्ने व्यवस्था गर्नुपर्ने ।
२. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस्। साथै, प्रमाण नष्ट गर्ने, झुटा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरूमाथि तत्काल फौजदारी मुद्दा चलाउनु पर्ने ।
३. नेपाल सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कारबाही गर्नुपर्ने ।