आज विमानस्थलमा गोली चल्दा दुईको मृत्यु, १ घाइते
मकालु खबर
२०७६ असार १९ गते
असार १८,पाकिस्तान । पाकिस्तानको लाहौरस्थित अलामा इक्बाल अन्तरराष्ट्रिय विमानस्थलमा बुधबार एक व्यक्तिले चलाएको गोली लागेपछि दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
विमानस्थलको मुख्य भवन बाहिर भएको अराइभल/वेटिङ एरियामा उक्त घटना भएको हो ।
null
पुलिस अधिकारी कान्ट सफ्दार राजा काज्मीले घटनामा मृतक र घाइतेको संख्या पुष्टि गरेका हुन् । मृतकमध्ये एकको अस्पतालमा मृत्यु भएको जानकारीमा उल्लेख छ ।
सुरुवाती अनुसन्धानमा पत्ता लागेअनुसार नीजि झगडापछि गोली चलाइएको थियो । यसबारे थप अनुसन्धान भइरहेको काज्मीले जानकारी दिए ।
दुई आरोपी अर्सद र शानलाई पक्राउ गरिएको जानकारीमा उल्लेख छ । एजेन्सी
मकालु खबर
२०७६ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित