एन आई सी एशिया बैंकले सुचारु गर्यो एटिएम सेवा
मकालु खबर
२०७६ भदौ १६ गते
भाद्र १५, काठमाडौं । एन आई सी एशिया बैंकको एटिएम सेवा प्राबिधिक कारणवश केही समयको लागि अवरुद्ध भएकोमा पुनः सुचारु भएको छ । बैंकले आजैबाट एटिएम सेवा सुचारु भइसकेको सबैलाई सुचित गरिन्छ ।
एटिएम सेवा सञ्चालनमा आए सँगै बैंकको एटिएम कार्ड वाहकहरुले एन आई सी एशिया बैंकको एटिएम तथा POS Machine मा प्रयोग गरी कारोबार गर्न सक्नेछन् ।
केहि चिनियाले नेपालका एटिएमबाट करोडौ रकम लुटेपनि बैंकले सुरक्षाका लागि सम्पूर्ण एटिएम सिस्टम र POS Machine बन्द गरेको थियो । नेपाल प्रहरीले ती चिनिया नागरिकलाई प्रक्राउ गरेर अनुसन्धान थालेको छ ।
मकालु खबर
२०७६ भदौ १६ गते
प्रतिक्रिया