दुई बहिनीसँग बालुवाटारमा भाइटीका लगाउँदै प्रधानमन्त्री

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अन्तिम दिन शुक्रबार भाइटीका । यो दिन दिदीबिहनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाइदिएर दीर्घायुको कामना गर्छन् ।  

 विभिन्न नेताहरूले पनि यो दिन दिदीबहिनीबाट भाइटीका लगाउँदैछन् । यो पटकको भाइटीका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा लगाउने भएका छन् ।  

उनले आफ्ना दुर्इ बहिनीहरूसँग भाइटीका लगाउने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले जेठी बहिनी विष्णुमाया ढकाल र माहिली बहिनी कमलादेवी कोइारालबाट भाइटीका लाउने भएका हुन् ।  

null

चिकित्सकहरूले आराम गर्नू भनेकाले स्वास्थ्यलार्इ ख्याल गर्दै प्रधानमन्त्रीको भाइटीका बालुवाटारमै तय गरिएका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।  

प्रधानमन्त्रीले चितवनमा बस्दै बस्दै आएकी जेठी बहिनी विष्णुमाया ढकाल र काँकडभिट्टामा बस्दै आएकी माइली बहिनी कमलादेवी कोइरालाबाट भाइटीका लाउने भएका हुन् ।  

उनीहरू दुवैजनालार्इ बिहीबारै राजधानीमा बोलाइसकिएको छ। भाइटीकाको निर्धारित उत्तम साइतमै प्रधानमन्त्री ओलीले  बालुवाटारमा भाइटीका लगाउने जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक अधिकारीले दिए ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *