बिग बास लिगको पहिलो खेलमा आज सिड्नी थण्डरविरुद्ध सन्दीपको डेब्यु संभावना

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको मेलबर्न स्टार्सले बिग बास लिगको पहिलो खेलमा आज (शुक्रबार) प्रतिस्पर्धा गर्दैछ । 

क्यानबेरामा शुक्रबार सिड्नी थण्डरविरुद्ध प्रतिस्पर्धा गर्दै सन्दीपको टिम मेलबर्न स्टार्सले बिग बास लिगको नयाँ सिजनको सुरुवात गर्दैछ । मेलबर्न र सिड्नीबीचको खेल नेपाली समय अनुसार अपरान्ह २ बजे सुरु हुनेछ । 

सिड्नीविरुद्धको खेलबाट नेपाली युवा खेलाडी सन्दीपले डेब्यु गर्ने सम्भावना रहेको छ । किनकि मेलबर्नले आगामी ७ खेलका लागि निकालेको १३ खेलाडीको सूचीमा सन्दीप परेका छन् । 

null

 

मेलबर्नले निकालेको १३ खेलाडीको सूचीमा सन्दीप विदेशी खेलाडीको कोटामा परेका छन् । बिग बासमा एक टिमले २ विदेशी खेलाडी खेलाउन पाउने नियम छ । यस्तोमा मेलबर्नले निकालेको सूचीमा २ विदेशी खेलाडी रहेका छन् । 

सन्दीपसंगै वेष्ट इण्डिजका ड्याने ब्राभो टिममा रहेका छ । त्यसैले सन्दीपले पहिलो खेलबाटै बिग बास लिगमा डेब्यु गर्ने सम्भावना रहेको बताईएको छ । 

मेलबर्न ग्लेन म्याक्सवेलको कप्तानीमा मैदान उत्रने छन्  । यस्तै सिड्नी सेन वाट्सनको कप्तानीमा मैदान उत्रनेछन् ।  

बिग बास लिगकै दौरान सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश जानेछन् । सन्दीपले बिग बासको पाँच देखि ६ खेल खेलेपछि बंगलादेश जानेछन् ।  बंगलादेश प्रिमियर लिग जनवरी ५ देखी फेब्रुवरी ८ सम्म हुनेछ । बंगलादेशमा सन्दीपले सिल्हेट सिक्सरबाट खेल्नेछन् । 

यस सिजन निकै व्यस्त रहेका सन्दीपले हालै युएईमा टी-१० लिग खेलेका थिए । यस्तै सन्दीपलाई इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटलले रिटेन गरेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *