सिटिजन्स बैंकद्वारा डोल्पाको एक विद्यालयलाई आर्थिक सहयोग

फागुन ११, डोल्पा । सिटिजन्स बैंकले डोल्पाको एक सामुदायिक विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले जिल्लाको ठूलीभेरी नगरपालिका दुनैमा अवस्थित सरस्वति माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पचास हजार आर्थिक सहयोग गरेको हो ।   

बैंकले विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच उक्त सहयोग रकम हस्तान्तरण  गरेको हो ।   

विद्यालयले उक्त रकमबाट हिमाली छात्रवासमा रही अध्ययन गरिरहेका २५ जना छात्र÷छात्राहरू र महिला फिडर छात्रवासमा आवासिय रूपमा अध्ययन गरिरहेका २० जना छात्राहरुको लागि आवश्यक खाद्यान्न तथा न्यानो ओढ्ने र ओछ्याउने लुगाहरू खरिद गर्नेछ ।   

यस्तो सहयोगबाट डोल्पाका विद्यार्थीहरुको जीवनस्तरमा सुधार आउने तथा चिसोबाट जोगिन मद्दत पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।   

यस सहयोगले सामाजिक अपहेलना र तिरस्कार भोगेर जीवनयापन गरिरहेका निमुखा, गरिब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको मनोवल थप उच्च हुने कुरा विद्यालयले जनाएको छ ।   

यो सहयोगले नेपाल सरकारले अवलम्बन गरेको सुखी नेपाली र सम्वृृद्ध नेपाल’ को अवधारणालाई साकार पार्न सहयोग गर्ने बैंकको विश्वास छ ।   

बैंकले निकट भविष्यमै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम संचालन गर्नेछ ।   

हाल बैंकले ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।   

विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।   

बैंकले घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ ।   

अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको प्रवक्ता उमंग शर्मा ले जानकारी दिएका छन् ।                     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *