एनसेलले ल्यायो ‘ह्याप्पी आवर अन रिचार्ज’

फागुन १४, काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘अझै नजिकिन्छ सम्बन्ध’ योजना अन्तर्गत ‘ह्याप्पी आवर अन रिचार्ज’ अफर ल्याएको छ । यो अफर अन्तर्गत एक सय र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सकिनेछ ।   

यो अफर यही बिहीबार (फागुन १५) देखि लागु हुनेछ ।   

यो अफर अन्तर्गत एनसेलका प्रिपेड मात्र ९९ पैसा प्रति मिनेट कर सहित  १.२६ पैसा मा एनसेल नेटवर्कभित्र कुरा गर्न सकिने छ ।   

null

भ्वाइस सेवामा पाइने छुट बिहान ८ बजेबाट दिउँसो ३ बजेभित्रको समयमा लागू हुनेछ । यसका लागि एस्टिक्«स १७१०६ ह्यास् डायल गरी सो बमोजिम अफरमा निःशुल्क रुपमा लिन सकिने छ ।   

यसरी अफर सुचारु गरी सकेपछि ग्राहकले रिचार्ज रकमका आधारमा भ्वाइस सेवामा विभिन्न समयसिमा रहेका छुटबाट लाभ लिन सक्नेछन् । एक सय रिचार्ज गर्दछन् भने ९९ पैसा प्रति मिनेट छुटको लाभ ७ दिनका लागि पाउनेछन् । दुई सय, तीन सय र पाँच सय रिचार्ज गर्नेले यो छुटको लाभ क्रमशः १४ दिन, २१ दिन र ३० दिनका लागि लिन सक्नेछन् ।   

यसैगरी ग्राहकहरुले एक हजार रिचार्ज गर्दा दिनबाट ६० दिनका लागि छुट पाउनेछन् ।   

यो अफर ९० दिन सम्म संचालनमा रहनेछ ।   

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *