सिटिजन्स बैंकद्वारा जाजरकोटको विद्यालयलाई १ लाख सहयोग
फागुन ६, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जाजरकोटको एक विद्यालयलाई १ लाख आर्थिक सहयोग प्रदान गरेको छ ।
बैंकले जिल्लाको नलगाड नगरपालिका–७ स्थित त्रिभुवन माध्यमिक विद्यालयलाई संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत एक लाखको आर्थिक सहयोग प्रदान गरेको हो ।
आज (मंगलबार) विद्यालयको प्रांगणमा आयोजित एक कार्यक्रमका बिच बैंकले उक्त सहयोग रकम हस्तान्तरण गरेको छ । सो विद्यालयमा अध्ययन र अध्यापन गर्दै आएका करिब १ हजार १ सय ५० जनालाई शुद्ध खानेपानीको व्यवस्था गर्न उक्त सहयोग रकम प्रदान गरिएको बैंकले जनाएको छ ।
उक्त रकमबाट शुद्ध खानेपानीको लागि आवस्यक पुर्वाधार निर्माण गरिने कुरा विद्यालय प्रशासनले जनाएको छ । शुद्ध खानेपानीको अभावमा पठन पाठनमा भई रहेको अवरोधलाई अन्त्य गर्न यस किसिमको सहयोगले टेवा पुग्ने बैंकको विश्वास छ ।
शुद्ध खानेपानीका पहुँचबाट निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुको स्वास्थ्य अवस्थामा सुधार आउने कुरा बैंकले व्यक्त गरेको छ ।
सिटिजन्स बैंकले हाल आफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिब पाँच लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको प्रवक्ता उमंग शर्माले जानकारी दिए ।
बैंकले हाल अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २०% सम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा ल्याएको पनि उनले बताए ।